
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कमिटीमा ९७ जना सदस्य थप्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमा केन्द्रीय कमिटी बैठकले ९७ जना सदस्य थप गर्ने निर्णय गरेको हो ।
सोमबार काठमाडाैँमा जारी बैठकमा प्रचण्डले थपिएका केहि केन्द्रीय सदस्यकाे नाम वाचन गरेका थिए । प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्य पनि केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
खुलातर्फ ५५ तथा समानुपातिक तर्फ ४२ जनाको नाम प्रचण्डले पेस गरेका हुन् । यसअघि माओवादीले २४७ जनालाई केन्द्रीय समिति सदस्य बनाएको थियो