प्रेस चौतारीले सवै प्रदेशमा अधिवेशन सकियो, कुन प्रदेशमा को बने अध्यक्ष ?

काठमाडौं । प्रेस चौतारी नेपालले प्रथम प्रादेशिक अधिवेशनबाट प्रदेश कमिटी चयन गरेको छ । चौतारीले सात वटै प्रदेश, उपत्यका प्रदेश, प्रतिष्ठान र एशोसियटमा कमिटी चयन गरेको हो ।

प्रदेश १ मा अविजाल विष्टको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ भने मधेस प्रदेशमा फणि महत अध्यक्ष चयन हुनुभएको छ । यस्तैबागमतीमा शरद सापकोटा, लुम्बिनीमा शोभाखर पन्थी र सुदूरपश्चिममा कृष्ण ओली अध्यक्षमा चयन हुनुभएको छ ।

यसैगरी उपत्यका प्रदेशमा विष्णु आचार्यको नेतृत्वमा कमिटी चयन भएको छ भने प्रतिष्ठान प्रदेशमा सरोज ढुङ्गेल र
एशोसियट प्रदेशमा श्रीहरि थापा नेतृत्वमा नयाँ कमिटी गठन भएको छ । यसअघि फागुन १९ गते नै गण्डकीमा इन्द्र पौडेल, कर्णालीमा प्रकाश अधिकारीको नेतृत्वमा नयाँ कमिटी गठन भएको छ।

प्रेस चौतारीले फागुन २१ गते सवै प्रदेशको अधिवेशन एकसाथ गर्ने निर्णय गरेको थियो । सोहीअनुसार सव प्रदेशमा अधिवेशन सम्पन्न भएका हुन ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको