ग्याल्पो ल्होसारको अवसरमा भोलि  सार्वजनिक बिदा

काठमाडौं । फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार गत १६ गते बसेको मन्त्रिपरिषद्‍ बैठकबाट बिदा दिइने निर्णय गरिएको थियो । गृह मन्त्रालयबाट जारी सूचनामा लेखिएको छ, ‘वि.सं. २०७८ साल फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

ग्याल्पो ल्होसार शेर्पा समुदाय तथा बौद्ध धर्मावलम्वीहरूको प्रमुख चाडमध्ये एक हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको