‘एमसीसी पास भएको कालो दिनलाई देशभक्त नेपालीले कहिल्यै बिर्सने छैनन्’- नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेपालको संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन भएको दिनलाई ‘कालो दिन’को संज्ञा दिएका छन् । व्याख्यात्मक टिप्पणीको आवरणमा सुनियोजित भ्रम छर्दै एमसीसी पास गर्नु राष्ट्रघाती भएको उनको ठम्याइ छ ।

‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइ छाडे’, उनले भनेका छन्, ‘आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् ।’

त्यस्तै उनले सम्पूर्ण देशभक्त नागरिकलाई नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राख्न अग्रहसमेत गरेका छन् । उनी भन्छन्– सम्पूर्ण देशभक्त शक्तिहरु एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं। nepalpress

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको