काठमाडौं । सत्तारुढ गठबन्धनमा आजै एमसीसी अनुमोदन गर्ने सहमति जुटेको छ ।
बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।
पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।