प्रतिनिधिसभाको बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपरान्ह १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक एमसीसीमा सहमति नजुटेपछी सुचना टाँस गरी स्थगित गरिएको थियो ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीबारे छलफल हुने बताइएपनि दलहरुबीच ठोस सहमति बन्न बाँकी छ ।

तर संसदबाट एमसीसी अनुमोदन गर्ने बारे दलहरु भने आपसी छलफल र परामर्शमा ब्यस्त भएका छन । गठबन्धन नभत्किने गरी एमसीसी अगाडी बढाउने गरी सहमतिको प्रयास भैरहेको नेताहरुले बताउनु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको