देश नयाँ राजनीतिक मोड्मा: माओवादीले मन्त्री फिर्ता नगरे बर्खास्त गर्ने तयारी

काठमाडौं । सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मिलेर अघि बढ्ने भएका छन् । अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने विषयमा सत्तारुढ दलभित्रै बिवाद बढेपछी प्रधानमन्त्री देउवाले एमालेको साथ खोजेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री देउवाबीच देशलाई नयां राजनीतिक कोर्समा अघि बढाउने सहमति भइसकेको उच्च राजनीतिक स्रोत बताउंछ । एमसीसीमा अमेरिकाले दिएको अल्टिमेटम सकिन जम्मा २ दिन बांकी छ । त्यो भन्दा अघि नै दलहरुबीच सहमति भइसक्नुपर्नेछ ।

अव कांग्रेस, नेकपा एमाले,जसपा र लोसपाबीच समिकरण बन्ने लगभग निश्चित भएको छ । दुबै दलका शिर्ष नेताहरुबीच यो विचमा धेरै पटक बैठक भइसकेको छ । शुक्रबार राति बालकोटमा भएको छलफलमा समेत दुवै पार्टी एक ठाउमा उभिन सहमत भइसकेका छन् । दुवै पार्टीका शिर्ष नेताहरु लोकतन्त्रका लागि लडेका शक्तिहरु मिल्नुपर्नेमा सहमत भएको नेताहरुले बताएका छन् । उनिहरुले आगामी रोडम्यापको खाका समेत तयार गरिसकेको बताइन्छ ।

नेताहरु एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन,सभामुखलाई हटाउन र प्रदेश सरकारमा समेत सहकार्य गर्न सहमत भइसकेको स्रोत बताउंछ । ‘अव मुलुक नयां कोर्समा जाने निश्चित भयो । माओवादीले एमसीसी समर्थन गर्छ गर्दैन त्यो गौंण भइसक्यो । दुवै पार्टीबीच सहकार्य गर्ने र देशलाई निकास दिनेमा सहमति भइसकेको छ ।’ स्रोतले भन्यो ।

यो बिचमा दुवै पार्टीका नेताहरुबीच सहकार्यका लागी विभिन्न चरणमा छलफल भएका छन् । एमाले नेताहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल,प्रदिप ज्ञवाली र विष्णु रिमाल र कांग्रेस नेताहरु बालकृष्ण खांड, ज्ञानेन्द्र कार्की, पूर्णबहादुर खड्का र गगन थापा सक्रिय छन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार एमालेसंगको छलफलपछी माओवादी केन्द्रका अध्यक्ष दाहाललाई फोन गरेर एमसीसीको पक्षमा भोट हाल्नका लागी पार्टीबाटै निर्णय गराउन आग्रह गरेका थिए । नभए मन्त्री फिर्ता लिन भनेको स्रोतले बतायो । आज ३ बजेसम्म उनले माओवादीलाई समय दिएका छन् । माओवादीले मन्त्री फिर्ता नगरे बर्खास्त गर्ने प्रधानमन्त्रीको तयारी छ ।

प्रधानमन्त्रीले माओवादीसहित जसपाको उपेन्द्र यादव पक्षका चार जना मन्त्री समेत हटाउने तयारी गरेका छन् । एकिकृत समाजवादीले भने आफ्ना मन्त्रीहरुलाई फिर्ता गर्ने सम्भावना छ । एमाले अध्यक्ष ओलीले समेत सहकार्यको लागि वातावरण बनाउन माओवादी र समाजवादीका मन्त्री हटाउन आग्रह गरेको स्रोत बताउंछ ।

सुचना तथा संचारमन्त्री ज्ञानेन्द्र कार्कीले आजै एमाले र कांग्रेसबीच फेरी छलफल हुने जानकारी दिए । आज सांझ वा भोलीसम्ममा दुवै दलबीच सहमति भइसक्ने स्रोतको दावी छ । दुवै दलबीच एमसीसी पारित गर्ने, सभामुखविरुद्ध महाअभियोग दर्ता गरेर १५ दिनेपछी छलफल गर्नेलगायतका मुद्दामा छलफल चलिरहेको छ । kathmandupati

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको