युक्रेनको राजधानी किभमा रुसी सेना, भीषण युद्ध जारी

किभ । युक्रेनको राजधानी किभमा प्रवेश गरेका रुसी सैनिकहरू सहरको उत्तरी भाग ओबोलोनमा छन्। यो क्षेत्र संसद र शहरको केन्द्रीय क्षेत्रबाट नौ किलोमिटरको दुरीमा छ।

रुसको आक्रमणपछि युक्रेनले आफ्नो सम्पूर्ण शक्तिका साथ जवाफ दिने प्रयास गरिरहेको छ । त्यसैले राजधानी किभ वरपरका क्षेत्रहरूमा भीषण युद्ध चलिरहेको छ।

सहरको बाहिरी भागमा रहेको एयरफिल्डमा युक्रेनी र रुसी सेनाबीच झडप जारी छ । यदि रुसी सेनाले यो एयरफिल्ड कब्जा गर्‍यो भने, यहाँबाट राजधानी प्रवेश गर्ने बाटो पाउन सक्छ।

रुसी सेनाले बिहीबार गरेको आक्रमणपछि पूर्वी, उत्तरी र दक्षिणी क्षेत्रमा ठूलो भिडन्त भएको खबर छ । किभमा धेरै विस्फोटहरू भएका छन् र धेरै क्षति भएको खबर बीबीसीमा छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको