एमाले अध्यक्ष ओली पोखरा जाँदै: ठुलो संख्यामा विभिन्न पार्टी परित्याग गरेर नेता कार्यकता एमालेमा प्रवेश गर्दै

काठमाडौं  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पोखरा जान लाग्नुभएको छ । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज बिहान साढे १० बजे पोखरा जाने कार्यक्रम रहेको ओलीको सचिवालयले जनाएको छ।

‘उहाँ साढे १० बजे पोखरा गएर आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईँले भन्नुभाये ‘पोखराको एउटा कार्यक्रममा सहभागी भएर अध्यक्ष आजै काठमाडौ फर्किने कार्यक्रम छ।

’ विभिन्न पार्टी परित्याग गरेर हजारौको संख्यामा नेता, कार्यकर्ता आउने भएपछि उनीहरूलाई स्वागत गर्न अध्यक्ष ओली आफैं पोखरा जान लालग्नुभएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको