प्रधानमन्त्री देउवा निस्किएलगत्तै एमाले अध्यक्ष ओली भेट्न पुगे माओवादीका अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । प्रधानमन्त्री देउवाले ओलीलाई भेटेलगत्तै संसद भवनस्थित एमाले संसदीय दलको कार्यकक्षमा ओली भेट्न प्रचण्ड पुगेका हुन् ।

एमसीसीबारे छलफल गर्न विहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सरकारको आग्रहमा स्थगित गरेसँगै प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ ।

एमसीसी, संसदको गतिरोध अन्त्यसहितका विषयमा शीर्ष नेताबीच भेटवार्ता भइरहेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको