
काठमाडौँ । कलाकार जयनन्द लामाको निधन भएको छ । बुधबार बिहान २ बजे चलचित्रको बैठक सकेर भक्तपुरको कौशलटारमा रहेको घर फर्किँदा घरको गेटमा मृत अवस्थामा फेला परेका थिए । उनको टाउकोमा चोट देखिएको उनी निकट कलाकार माधव थापाले जानकारी दिए ।
६५ वर्षका उनले उनले ‘मनको बाँध’, ‘छक्कापञ्जा’लगायतका चलचित्रमा अभिनय गरेका छन् । पछिल्लो समय उनले हास्य टेलिश्रृंखला हल्का रमाइलोमा अभिनय गर्दै आएका थिए ।
लामाका कलकत्ते काइँयो, चुईंचुईं चुइँकने जुत्ता, मूलाको चनालगायतका चर्चित गीत गाएका छन् ।