आइसीसी टी-२० विश्वकप छनोट: यूएईविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौं । आइसीसी टी-२० विश्वकप छनोटकाे निर्णायक खेलमा नेपाल र यूएईबीच खेल हुँदैछ ।

ओमानको अल अमेरात रंगशालामा नेपालले टस हारेर पहिले फिल्डिङ गर्दैछ ।

नेपाली टोलीमा आज एक परिवर्तन गरिएको छ । कुशल मल्लको स्थानमा अलराउन्डर विवेक यादवले टिममा स्थान बनाएका छन् ।

विश्वकप छनोट ग्लोवल क्वालिफायर ए अन्तर्गत सेमिफाइनल चरणको यो खेल जितेमा नेपालले २०२२ को अक्टोबर/नोभेम्बरमा हुने टी-२० विश्वकप खेल्न पाउनेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको