संसदमा अर्थमन्त्री शर्माले एमसीसी पेश गर्ने

काठमाडौं ।  प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकले अमेरिकी सहायता परियोजना एमसीसी सदनमा पेश गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभाको अहिले बस्ने बैठकको कार्यसूचीमा एमसीसी राख्ने सहमति बैठकमा जुटेको हो ।

 

बैठकपछि संसद सचिवालयले जारी गरेको कार्यसूचीको तेस्रो नम्बरमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबल गर्ने उल्लेख छ ।

कार्यसूचीमा लोकसेवा आयोग विधेयक र समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने पनि उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको