काठमाडौं । सरकारले आजकै संसद बैठकमा एमसीसी पेश गर्ने भएको छ । सत्ता गठबन्धनमा एमसीसी पेस गर्ने सहमतिसँगै आजकै बैठकमा एमसीसी पेस गर्न लागिएको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सबैलाई संसद भवनतिर जान आग्रह गर्दै पत्रकारसँग मन्त्री कार्कीले भने, ‘एमसीसी सार्वभौम संसदमा टेबुल हुन्छ । त्यसपछि सडकमा होइन, सदनमा गहनरुपमा छलफल भएर निष्कर्षमा पुग्छ ।’