चीनले भन्याे: नेपालमा एमसीसी पारित गराउन अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरिरहेकाे छ

काठमाडौँ । चीनले नेपालमा एमसीसी सम्झौता पारित गर्न अमेरिकाले ‘जबरदस्ती कूटनीति’ गरेको भन्दै विरोध जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनविनले अमेरिकाले नेपाललाई मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई फेब्रुअरी २८ सम्ममा अनुमोदन गर्न आग्रह गरेको समाचारमा टिप्पणी गर्दै चीनले जबरदस्ती कूटनीतिक विरोध गरेको बताएका छन् ।

शुक्रबार चीनको परराष्ट्र मन्त्रालयले बेइजिङमा पत्रकार सम्मेलनमा प्रवक्ता वेनविनले अमेरिकाले नेपालसँगको सहकार्यको नाममा कुटनीतिक दबाब सुरु गरेको भन्दै नेपालको छिमेकी देश र विकास साझेदार देश भएको नाताले नेपाली नागरिकले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताएका हुन्। नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले दबाब दिएको भन्ने कुरा यस अघिनै खण्डन गरिसकेका छन् ।

उक्त पत्रकार सम्मेलनमा एमसीसीमार्फत अमेरिकाले कुटनीतिक दबाब दिइरहेको आरोप लगाउँदै आफूले प्रतिरोध गर्ने बताएको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ। नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने पनि प्रवक्ता वेनविनले बताएको उक्त खबरमा उल्लेख छ ।

एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण आफ्नो अनुदान सहयोग नलिएको बुझ्ने अमेरिकी चेतावनीलाई चीनले ‘बलजफ्ती कूटनीति’ भनेको छ भने प्रवक्ता वेनबिङले आफूहरू ‘बलजफ्ती कूटनीति’को विपक्षमा रहेको बताएका छन्। चीनले नेपाललाई सहयोग गर्न, नेपालको आर्थिक विकास र जीविकोपार्जनमा योगदान दिन अन्तर्राष्ट्रिय समुदायलाई स्वागत गर्छ, तर यो राजनीतिक परिस्थितिविना नेपाली जनताको इच्छामा आधारित हुनुपर्छ, वाङको भनाइ छ । nagariknews

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको