सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेन, शुक्रबार पुन: बैठक बस्ने

काठमाडौँ ।  एमसीसीबारे सहमति जुटाउन बसेको सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

शुक्रबार बिहान पुन:गठबन्धनको बैठक बस्ने माओवादी अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । स‌ंसद्मा एमसीसी अघि बढाउने विषयमा सहमति जुटाउन बैठक बसेको थियो ।

बैठकमा एमसीसीलाई अघि बढाउने विषयमा का‌ंग्रेसका नेताहरुले जोड दिएका थिए । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले सहमति नजुट्दासम्म अघि बढाउन नहुने धारणा राखेका थिए । नेताहरु सहमत हुन नसकेपछि शुक्रबार बिहान फेरि सहमतिको काेसिस गर्ने भन्दै १०बजेका लागि बैठक तय भएको हाे । शुक्रबार दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसको जोडबल छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको