काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्ले टुंगो लगाउनुपर्ने बताएका छन्। कांग्रेस नेता अर्जुननरसिंह केसीद्वारा लिखित ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’पुस्तकको बालुवाटारमा विमोचन गर्दै देउवाले पार्टी एमसीसीको पक्षमा रहेको धारणा राखेका हुन्।
उनले पास या फेल जे पनि हुनसक्ने भएकाले संसदले निर्णय गर्ने बताए। राष्ट्रको पक्षमा बोल्नुपर्ने भएकाले कांग्रेस डराउन नहुने बताए। ‘हामीले पार्टी र संसदीय दलबाट सर्वसम्मतरुपमा पास गर्ने निर्णय गरेका हौं, त्यसका लागिरहेका छौं।’ कांग्रेस सभापति देउवाले भने, ‘अब संसद्मा पास पनि हुन सक्छ फेल पनि हुन सक्छ थाहा छैन। राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो, हामीले मान्नुपर्छ।’
देउवाले पार्टीले गरेको कामको प्रचार हुन नसकेको बताए। उनले कांग्रेस न्यायका लागि प्रतिबद्ध पार्टी भएको स्पष्ट पारे।