एमसीसीको विपक्षमा उभिने माओवादीको निर्णय, जबरजस्ती अघि बढाइए सरकारबाट बाहिरिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने निर्णय गरेको छ । बुधबार विहान बसेकाे माओवादी केन्द्रकाे संसदीय दलकाे बैठकले एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हाे । बैठकले जबरजस्ती एमसीसी प्रस्ताव अघि बढाइए विपक्षमा मतदान गर्ने र सरकारबाट पनि बाहिरिने निर्णय समेत गरेकाे छ ।

आज दिउँसाे १ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान भएकाे छ । सरकारले संसदमा एमसिसी टेबल गर्ने तयारी गरेका बेला माओवादीले संसदीय दलकाे बैठक बसेकाे थियाे ।

बैठकले सर्वदलीय सहमति जुटाएर मात्र एमसीसी पास गर्नुपर्ने निर्णय गरेको प्रमुख सचेतक देव गुरुङले जानकारी दिए । ‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ‘, गुरुङले सञ्चारकर्मीसँग भने ।

 

माओवादीका जनवर्गीय संगठन अहिलेकाे अवस्थामा एमसिसी पारित गर्न नहुने भन्दै सडक आन्दाेलनमा छन् । सभामुख अग्नि सापकाेटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिकाे बैठक बाेलाइसकेका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको