एमालेले आज पनि संसदमा विरोध जारी राख्ने

काठमाडौँ । आजको प्रतिनिधिसभा बैठकमा पनि नेकपा एमालेले विरोध जारी राख्ने भएको छ । एमालेले आज बस्ने प्रतिनिधिसभा बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा समेत सहभागी नहुने जनाएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठक आज बिहान साढे ११ बजे बोलाइएको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आजको कार्यव्यवस्थाको बैठकमा सहभागी नहुने बताएका हुन् । पार्टीले उठाउँदै आएको विषय सभामुखले सम्बोधन नगरेका कारण कार्यव्यवस्था परामर्श समितिको बैठकमा उपस्थित हुनु र नहुनुको अर्थ नरहेकाे उनले बताए । उनका अनुसार यसअघि पटकपटक गएर ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नभएकाले आज बैठकमा नजाने उनकाे भनाई छ ।

सभामुख सापकोटाले पार्टीले कारबाही गरेका माधव नेपालसहित १४ सांसदलाई सदर नगरेपछि एमालेले उनको राजीनामा माग्दै आएको छ । एमालेले आफ्ना माग सम्बोधन गर्न माग गर्दै प्रतिनिधिसभाको बैठकमा विरोध जनाउँदै आएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको