प्रतिनिधिसभा बैठक आज  बस्दै, एमसीसी टेबुल गर्ने तयारी

काठमाडौँ । बहुप्रतिक्षित प्रतिनिधि सभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बैठक बस्न लागेको हो । त्यसअघि बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा. दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।

संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने भएकाले सम्भावित कार्यसूची हेरफेर हुनसक्छ । त्यसैले बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्थाको बैठकलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको