पर्यटनमन्त्री आलेको ‘टोले गुण्डा’ शैलीको प्रवचन ! सामाजिक सञ्जाल मार्फत राजिनामा माग

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले प्रवासमा रहेका एक नेपालीलाई अश्लिल शब्दहरू प्रयोग गरेर गाली गरेको भिडियो सार्वजनिक भएको छ । उनले ‘टोले गुण्डा’ शैलीको एकोहोरो प्रवचन दिएर ती युवालाई गाली गरेका छन ।

सुदुरपश्चिमबाट कामको सिलसिलामा विदेश गएका युवाले फेसबुकमा गरेको कमेन्टका आधारमा मन्त्री आलेले उनीमाथि मा….मु…चि… भन्दै गालीगरिरहेको भिडियो अहिले सामाजिक सञ्जालमा व्याप्त बनेको छ । उनको त्यो भिडियो सार्वजनिक भएपछि लाखौँँले मन्त्रीबाट बर्खास्त गर्न माग गरेका छन ।

यसअघि टोयटाको चारवटा गाडी बेचेर मलाई किन्छु भन्ने सपना नदेख भनेर पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा धनन्जय रेग्मीमाथि साँढे भन्दै अपशब्द प्रयोग गरेका थिए । अश्लिल भिडियोका बारेमा सत्यताबारे भने आलेले केही बोलेका छैनन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको