एमाले संसदीय दलको बैठक सुरु

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरमा जारी छ ।

सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद सचिवालयमा महाअभियोगको प्रस्ताव दर्ता गराएपछि उत्पन्न परिस्थिति र एमाले सांसदहरुले खेल्ने भूमिकाबारे छलफल हुने एमालेले जनाएको छ ।

सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार संसद सचिवालयमा प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए । महाअभियोग प्रस्ताव दर्तापछि जबरा प्रधानन्यायाधीश पदबाट निलम्बित भएका छन् ।

त्यसलगत्तै आइतबार आकस्मिक रुपमा बसेको एमाले सचिवालय बैठकले महाअभियोग असफल पार्ने निर्णय गरेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको