एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्तापक्षले अचानक प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख विपक्षी नेकपा एमालेले सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । एमालेले बाहिर रहेका सबै सांसदहरूलाई काठमाडौं बोलाएको छ ।

महाअभियोगपछिको अवस्था विश्लेषण र एमालेको आगामी कदमबारे छलफल गर्न सोमबार दलको बैठक बोलाइएको उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

नेम्वाङले आज साँझ ६ बजे पार्टी सचिवालय र भोलि बिहान ११ बजे पार्टी संसदीय दलको बैठक बोलाएको जानकारी दिए ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले महाअभियोग अनुचित, अनुत्तरदायी र हानिकारक सिलसिलाको बिजारोपण भन्दै कडा प्रतिक्रिया नेपाल प्रेस मार्फत दिइसकेका छन् ।

एमालेविरुद्धको षड्यन्त्रमा महाअभियोग ल्याइएको आशंका गर्दै सो पार्टीले सभामुखसहित अन्य केही न्यायाधीशमाथि पनि महाअभियोग दर्ता गर्ने चर्चा चलिरहेको छ ।

तर, एमाले नेताहरूले यसबारेमा पार्टीमा छलफल चलिरहेको बताएका छन् । नेताहरू स्थानीय तह निर्वाचनको अभिमुखिकरणको प्रशिक्षणका लागि काठमाडौंबाहिर रहेकाले अनौपचारिक छलफल चलिरहेको बताइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको