
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्तारूढ दलका दुई जना शीर्ष नेताबीच बालुवाटारमा भेट भएको छ।
प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको हो।
अमेरिकी अनुदान सहयोग परियोजना (एमसिसी)मा सत्तारूढ गठबन्धनभित्र ध्रुवीकरण भइरहेका बेला शनिबार देउवाले गठबन्धनका प्रमुख नेतासँग छलफल गरेका हुन्।
छलफल के-के विषयमा केन्द्रित छन् भन्ने खुलेको छैन। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले बैठक बालुवाटारमा बसिरहेको पुष्टि गरेका छन्।