एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा छैनः प्रमुख सचेतक भट्टराई

काठमाडौँ । नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसिसी पास गर्ने पक्षमा नरहेको बताएका छन । दैनिकीसँग कुरा गर्दै भट्टराईले केही बुँदा संशोधन भएमात्र एमसीसी संसदबाट अनुमोदन गर्न सकिने बताए ।

प्रमुख सचेतक भट्टराईले अहिलेकै अवस्थामा गठबन्धनसँग पर्याप्त बहुमत रहेका कारण एमसिसी संसद्मा ल्याउन र पास गर्न एमालेको आवश्यकता नपर्ने बताए । उनले सरकारसँग सुबिधाजनक बहुमत रहेका कारण यसका बारेमा सरकारले नै धारणा बनाउने बताए ।

उनले धेरैजसो बुँदामा नेपालको भन्दा बढी अधिकार अमेरिका र भारतलाई दिइएको भन्दै त्यसमा संशोधन आवश्यक रहेको बताए । उनले भने, ‘एमसिसीको लेखापरीक्षण गर्ने अधिकार नेपाललाई हुनुपर्छ तर एमसिसीको बुँदामा त्यसको अधिकार अमेरिकालाई हुनुपर्छ भनिएको छ। नेपालमा विकसित हुने बौद्धिक सम्पत्ति अमेरिकामा निहित हुने भन्ने छ। नेपालको संविधानभन्दा माथि एमसिसी होइन। अरू केही बुँदामा पनि आपत्ति छ।’

उनले एमसीसी संसद्मा टेबुल नभईकन यो विषयमा एमालेको आधिकारिक धारणा बाहिर नआउने भन्दै सरकारसँग सुबिधाजनक बहुमत भएका कारण यसमा प्रमुख प्रतिपक्षीलाइ जोडेर अनावश्यक प्रचार गर्नु आवश्यक नरहेको बताए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको