काठमाडौं । नेकपा एमालेले गठबन्धन सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेलेर मुलुकमा राजनीतिक अन्यौलता सिर्जन गर्न खोजेको आरोप लगाएको छ । स्थानीय तहको निर्वाचनलाई धकेलेर प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाखमा गर्न खोज्नु गठबन्धन सरकारको गलत नियत भएको एमालेको टिप्प्णी छ।
‘स्थानीय तहको निर्वाचन पर धकेल्ने गठबन्धन सरकारको प्रस्ताव गलत नियतले अगाडि सारिएकोमा नेकपा एमाले स्पष्ट छ,’ विज्ञप्तिमा भनिएको छ,‘विभिन्न वहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन।’
ताजा जनादेशको पक्षमा आफ्नो पार्टी प्रतिवद्द रहेको बताउँदै एमालेले जुनसुकै बेलामा निर्वाचन भएपछि सामाना गर्न तयार रहेको स्पष्ट पारेको छ ।