सर्वदलीय बैठकबारे कुनै जानकारी छैन: एमाले उपमहासचिव रिमाल

काठमाडौं ।  सर्वदलीय बैठकबारे कुनै जानकारी नआएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। उनका अनुसार अहिलेसम्म समाचार सञ्चार माध्यममा देखिएको भएपनि प्रधानमन्त्रीको सचिवालयबाट पार्टीलाई कुनै सूचना नभएको बताए। उनले भने, ‘प्रधानमन्त्रीज्युले आज बिहान सर्वदलीय बैठक बोलाउनु भएको भन्ने समाचार सञ्चार माध्यममा देखियो, सुनियो। एमालेको सहभागिताबारे धेरैले प्रश्न गर्नुभयो। बैठकबारे अहिलेसम्म पनि प्रमको सचिवालयबाट हाम्रो पार्टीलाई कुनै सूचना नभएको जानकारी गराउँदछु।’ उनले स्थानीय निर्वाचन वैशाखमा नगरेर निर्वाचनलाई सत्ता गठबन्धनको विषयान्तर गर्नु भनेको भनेको दुवै निर्वाचन नगर्ने र मुलुकमा संवैधानिक संकटको अवस्था ल्याउने षड्यन्त्र भएको बताएका छन्।

संविधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ। निर्वाचन ऐनमा भने कार्यकाल सकिनु दुई महिनाअगावै निर्वाचन गरिसक्नुपर्ने उल्लेख छ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको