संविधानले जनप्रतिनिधि रिक्तताको कल्पना गरेको छैन : कांग्रेसका महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तता कल्पना नै नगरेको बताएका छन्। सामाजिक सञ्जालमा ट्वीटरमार्फत् उनले यस्तो बताएका हुन्।

‘हामीले बनाएको संविधानले स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताको कल्पना नै गरेको छैन। अतः निर्वाचनबारे कुनै पनि निर्णय गर्दा स्थानीय तह रिक्त हुनपुग्छ भने त्यो असंवैधानिक नै हुन्छ,’ उनले भने।

असंवैधानिक कदमविरुद्धको संघर्षबाट बनेको यो सरकारका हरेक निर्णय संविधानको कसिमा सही हुनैपर्छ भन्नेमा कांग्रेस प्रष्ट रहेको उनले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको