लेवनडोस्की फिफा वर्ष खेलाडी, रोनाल्डोलाई विशेष अवार्ड

लन्डन ।  पोल्यान्डको बायर्न म्युनिक खेलाडी रोबर्ट लेवनडोस्की सोमबार सन् २०२१ को फिफा पुरुष वर्ष खेलाडी घोषित भएका छन् । म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोलाई भने विशेष अवार्ड प्रदान गरिएको छ ।

लेवनडोस्कीले यो अवार्ड जितेको यो लगातार दोस्रो वर्ष हो । सन् २०२१ मा ३३ वर्षीय फरवार्डले ६९ गोल गरेका थिए । यसपल्ट अवार्ड जित्ने क्रममा लिभरपुलका मोहमद सलाह र पेरिस सेन्ट जर्मेनका लियोनल मेसीलाई उछिने ।

रोनाल्डोलाई भने पुरुषतर्फ अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताका लागि विशेषत अवार्ड प्रदान गरिएको हो । महिलातर्फ बार्सिलोनाकी एलक्सिया पुटेलास वर्षको उत्कृष्ट खेलाडी घाषित भइन् ।

चेल्सीका थोमस टुचेल वर्षका उत्कृष्ट प्रशिक्षक बने । उनको नेतृत्वमा चेल्सीले दोस्रोपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको