
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभर पिसिआर र एन्टिजेट गरि १७ हजार ४६५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५४७ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर ३० हजार ८७७ संक्रिय संक्रमित छन् ।