काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ। पौडेलले शनिबार कोरोना परीक्षण गर्दा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिएका छन् । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनमा रहेको बताए । पछिल्लो केहिदिनयता कोरोना संक्रमणदर बढ्दो क्रममा रहेको छ ।