पछिल्लो २४ घण्टामा देशभर  ५ हजार ८७ जनामा कोरोना  संक्रमण पुष्टि, ३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर  ५ हजार ८७ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा ३ सय ६ जना निको भएका छन् भने ३ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार ५सय ६० जनामा कोरोना परीक्षण गरिएको थियो । यो हिसावले संक्रमणदर २४.७४ प्रतिशत देखिएको छ ।

देशभर कोरोनाका सक्रिय संक्रमित १८ हजार २ सय ३५ जना रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४५ हजार ५सय १ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १ सय ८ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ६५३ जना निको भएका छन् । यस्तै हालसम्म कुल ११ हजार ६सय १३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको