ओली–देउवा वार्ता सकियो, दुवै नेताले प्रतिक्रिया दिन मानेनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच ओलीनिवासमा भएको वार्ता सकिएको छ । वार्तामा भएको कुराकानीबारे दुवै नेताले प्रतिक्रिया मानेनन् ।

दुई नेताबीच करिब एक घण्टा कुराकानी भएको छ ।

निरन्तर संसद अवरोध गरिराखेपछि र सर्वदलीय बैठकमा समेत ओली सहभागी नभएपछि सत्तारुढ गठबन्धनको हिजो बसेको बैठकले निवासमै गएर उनलाई मनाउने जिम्मा गर्न प्रधानमन्त्री देउवालाई दिएको थियो । जसअनुसार देउवा ओलीलाई भेट्न उनकै निवास पुगेका हुन् ।

आफूलाई सरकारबाट विस्थापित गरेकोमा, एमाले फुटाउन अध्योदश ल्याएकोमा र त्यसमा सभामुखले समेत सहयोगी भूमिका खेलेको भन्दै ओली निकै रुष्ट छन् ।

एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीलाई अवैध भन्दै एमालेले निरन्तर संसद अवरोध गरिरहेको छ । त्यस्तै अमेरिकी सहयोग परियोजना एमसीसीबारेको छलफलमा पनि एमाले सहभागी हुने गरेको छैन ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको