एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा पुगे बालकोट

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको छ । शनिबार बिहान साढे १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट आएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताउनुभयो । शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर अध्यक्ष ओलीसँग कुरा गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको