नेपालमा थप २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि

काठमाडौं । नेपालमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनका थप २४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस-जिन नेगेटिभ पुष्टि भएको हो ।

यसअघि नेपालमा ओमिक्रोनका तीन जनामा संक्रमण पुष्टि भएको थियो । ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ ।

साथै, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।सीमा नाकामा कोरोना परीक्षणलाई थप सशक्त बनाउने तथा संक्रमण देखिएका केसलाई आइसोलेसनमा राखिने समेत जनाइएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको