भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित, प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकियो

काठमाडौं । भारतमा हुन लागेको १० औं ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ स्थगित भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा जाने भनिएको ‘भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ कोरोना भाइरसको कारण देखाउँदै स्थगित भएको हो। सम्मेलन गुजरातको गान्धीनगरमा जनवरी १० देखि १२ (पुस २६ देखि २८)सम्म गर्ने तयारी थियो। गुजरात सरकारले कोरोना भाइरसको जोखिम बढेको भन्दै सम्मेलन स्थगित गरेको जनाएको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रधानमन्त्री देउवाको दुई दिने भारत भ्रमण स्वीकृत गरेको थियो। भारतले कार्यक्रम स्थगित गरेपछि प्रधानमन्त्री देउवाको गुजरात भ्रमणसमेत स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ। देउवाको भ्रमणका लागि परराष्ट्र मन्त्रालय र दुवै देशका दूतावास आन्तरिक गृहकार्यमा जुटेको थियो।

परराष्ट्र मन्त्रालयले कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति रामनाथ कोविन्दसँग भ्रमणको पहिलो दिन नयाँ दिल्लिमा भेटवार्ता गर्ने कार्यसूची बनाएको थियो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको