कांग्रेस जिल्ला सभापतिलाई धम्क्याउने एसपी निलम्बित

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको छ । सिरहाका कांग्रेस सभापति रामचन्द्र यादवलाई धम्की दिएपछि छानबिनमा परेका एसपी पाण्डेलाई मंगलबार बेलुका निलम्बन गरिएको हो ।

प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले व्यावसायिक आचरणविपरीत गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पाण्डेलाई तीन महिना निलम्बन गरिएको बताउनुभयो । एसपी पाण्डेमाथि अनुसन्धान जारी छ, उहाँले भन्नुभयो , अनुसन्धानलाई सहयोग पुर्‍याउन उनलाई तीन महिनाका लागि निलम्बन गरिएको हो ।

पाण्डेलाई प्रहरी मुख्यालय तानेर अर्का एसपी अर्जुन तिमल्सिनालाई सिरहा प्रहरी प्रमुखका रूपमा खटाइएको छ ।कांग्रेस सिरहाका जिल्ला सभापति रामचन्द्र यादवले सरुवाको विषयलाई लिएर जिल्ला प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसपी हिराबहादुर पाण्डेले आफूलाई गोली हान्ने धम्की दिएको दाबी गर्नुभएको थियो ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको