माओवादी महाधिवेशन:  अध्यक्ष प्रचण्डद्वारा २ सय ३६ सदस्यीय केन्द्रीय सदस्यको नाम प्रस्ताव

काठमाडौँ ।  नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रियमहाधिवेशनको आठौँ दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २३६ जनाको केन्द्रीय समिति सदस्यको नाम प्रस्ताव गर्नुभएको छ ।
कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा जारी बन्दशत्रमा विभिन्न क्लस्टरसहित २३६ जनाको नाम प्रस्ताव गर्नुभएको हो । माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने व्यवस्था छ । बाँकी ६३ सदस्य भने केन्द्रीय समितिको बैठकले मनोनयन गर्ने कार्यतालिका छ । यस्तै, माओवादीको पदाधिकारी १५ सदस्यी हुने व्यवस्था गरिएको छ ।

सर्वसहमतिका आधारमा विभिन्न चरणको छलफलका आधारमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यको नाम घोषणा गर्नुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ । अध्यक्षले गर्नुभएको प्रस्तावलाई बन्दशत्रले पारित गर्नुपर्नेछ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको