धरहरा र रानीपोखरी बनाउँदा समेत विपक्षीले आलोचना गरे: एमाले अध्यक्ष ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले गरेको विकास निर्माणका काममा समेत विपक्षी दलहरुले विरोध गरेको बताएका छन् । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो सरकारले धरहरा, रानीपोखरीलगायत ऐतिहासिक सम्पदाहरु बनाउँदा समेत विपक्षीले विरोध गरेको आरोप लगाए।

आफूले सरकारको नेतृत्व गर्दा विद्यालय, अस्पताल, सडक सञ्जाललगायतको विकास भएको अध्यक्ष ओलीले बताए। उनले एमालेले मात्र मुलुकको विकास निर्माण गर्न सक्ने दावी गरे।

अबको निर्वाचनबाट एमालेले बहुमत पाप्त गर्ने दावी गर्दै अध्यक्ष ओलीले भने, ‘ निर्वाचन पछि देशमा फेरि एमालेको सरकार बन्ने र त्यसले मात्र मुलुकको विकास गर्छ।’

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको