काठमाडौं । माओवादी केन्द्रको महाधिवेशनमा सहभागी हुन् काठमाडौँ आउनुभएका बारा जिल्लाका इन्चार्ज माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गर्नुभएको छ । बिहिवार साझ जिल्ला इन्चार्ज कुमार मोक्तान सहित ठुलो संख्यामा माओवादीका नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको हो ।
माओवादीबाट कुनै परिवर्तन सम्भव नभएको र माओवादीले परिवारका अपेक्षा बाहेक जनताका अपेक्षा पुरा गर्न नसक्ने भन्दै मोक्तान अध्यक्ष एमाले अध्यक्ष निवास बालकोटनै पुगेर एमाले प्रवेश गरेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। मोक्तानलाई अध्यक्ष ओलीले खादा ओढाएर एमालेमा स्वागत गर्नुभएको थियो । पार्टी प्रवेश पछी प्रतिक्रिया दिदै मोक्तानले बारा जिल्लाका हजारौ नेता कार्यकर्ता अब एमालेमा प्रवेश गर्ने बताउनुभयो ।
अबको परिवर्तन एमालेबाट मात्र सम्भव भएको मोक्तानले बताउनुभयो । उक्त अवसरमा पार्टी केन्द्रिय सदस्य रेशम लामा लगायतको पनि सहभागिता रहेको थियो। दशौँ राष्ट्रिय महाधिवेशन पछि एमालेले बृहत पार्टी प्रवेश अभियान चलाएको छ।