माओवादी केन्द्रको महाधिवेशन: निर्वाचन कार्यतालिका प्रकाशित हुँदै

काठमाडौँ ।  माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका सार्वजनिक गर्ने भएको छ । केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गरिने केन्द्रीय निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ ।

काठमाडौंको प्रज्ञा भवनमा आइतबार सुरु नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोह । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन र देवप्रसाद गुरुङको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफलको निष्कर्ष राख्ने काम सकिएलगत्तै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए ।

‘आज निर्वाचन कार्यतालिका प्रकाशित हुनेछ । मतदाता नामावली पनि सम्भव भएसम्म आजै प्रकाशित गर्छौं,’ उनले भने, ‘भोलि शुक्रबार उम्मेदवारी दर्ता गर्ने गरी तयारी भइरहेको छ । मतदान गर्नुपर्ने अवस्था आएमा भोलि नै मतदान हुनेछ ।’

माओवादीको अन्तरिम विधानले प्रतिनिधिहरूले २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने व्यवस्था गरेको छ । माओवादीको ८ औँ महाधिवेशनमा करिब १ हजार ७ सय प्रतिनिधि सहभागी छन् ।

केन्द्रीय समितिमा चयन भएकाहरूले पदाधिकारीको लागि उम्मेदवारी दिने र केन्द्रीय कमिटीमा निर्वाचित सदस्यहरूले पदाधिकारीका उम्मेदवारलाई मतदान गर्ने व्यवस्था माओवादीको विधानमा उल्लेख छ ।

माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष गरी १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरिएको छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको