प्रेस चौतारीको नवौं अधिवेशन पोखरामा

काठमाडौं । नेकपा (एमाले) निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको नवौं अधिवेशन कास्कीमा हुने भएको छ।

लुम्बिनीमा मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले संगठनको नवौं अधिवेशन कास्कीको पोखरामा आगामी माघ २२ गतेदेखि आयोजना गर्ने निर्णय गरेको हो।

अधिवेशनअघि प्रेस चौतारी नेपालले देशैभर प्रदेश र जिल्ला तहका अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ।

 

बैठकको आज एमाले उपमहासचिव एवं प्रचार विभागका प्रमुखसमेत रहेका चौतारीका इन्चार्ज पृथ्वी सुब्बा गुरुङले उद्घाट्न गरेका थिए।

बैठकमा महासचिव राजेश राईले प्रस्तुत गरेको राजनीति प्रतिवेदन र कोषाध्यक्ष ईन्द्र आचार्यले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

प्रेस चौतारीले आफ्नो स्थापना दिवसकै दिन पारेर नवौं अधिवेशन गर्न लागेको हो।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको