माओवादीको बागमती अध्यक्षमा सरल निर्वाचित, पदाधिकारीमा को को भए बिजयी ? (सूचीसहित)

काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटी अध्यक्षमा सरल सहयात्री निर्वाचित हुनुभएको छ । प्रदेश सम्मेलनको निर्वाचनमा निकटतम प्रतिस्पर्धी दिनानाथ गौतमलाई पराजित गर्दै सहयात्री प्रदेश अध्यक्षमा विजयी हुनुभएको हो ।

कुल २ सय ६१ मत खसेकोमा सहयात्रीले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभएको छ । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा रूपा मर्हजन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी निर्वाचित हुनभएको छ । यस्तै सचिवमा इन्द्रबहादुर थिङ तथासहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ । कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित हुनुभएको छ ।

बागमती प्रदेशको मंसिर २५ र २६ गते काठमाडौंमा भएको सम्मेलनमा २७५ जना सदस्य चयन भए पनि पदाधिकारीमा सहमति हुन सकेको थिएन ।

 

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको