यु–१९ महिला साफ च्याम्पियनसिप:  आज नेपाल र भारत भिड्दै

काठमाडौं । सिंगल राउण्ड रोबिनको आधारमा जारी यु–१९ महिला साफ च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले चिरपरिचित भारतको सामना गर्दैछ । जारी साफमा शीर्ष स्थानमा रहेको नेपालले तेस्रो स्थानको भारतको सामना गर्न लागेको हो ।

बंगलोदशको राजधानी ढाकामा हुने खेल दिउँसाे ३ बजे सुरु हुनेछ । नेपाललाई प्रतियोगितामा लगातार दोस्रो पटक फाइनलमा पुग्ने अवसर छ । नेपालले भारतविरुद्ध बराबरी नतिजा निकाले पनि फाइनल पुग्नेछ । जित हाँसिल गरेमा नेपाल अन्य खेलको भर पर्नुपर्ने छैन् ।

 

आइताबार नै बंगलादेश र भुटान प्रतिस्पर्धा गर्दैछन् । यस खेलबाट अर्काे फाइनल पुग्ने टोलीको छिनोफानो हुनेछ ।

प्रतियोगितामा ३ खेलबाट नेपाल र बंगलोदशको समान ७ अंक रहेको छ । यता, भारतको भने ६ अंक छ ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको