काठमाडौँ । नेकपा एमालेको आज बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई समग्र पार्टी काम हेर्ने जिम्मा सहित नेताहरुको कार्यविभाजन गरिएको छ । त्यस्तै महासचिव शंकर पोखरेललाई पनि पार्टीको समग्र जिम्मेवारी दिइएको छ ।
यस्तो छ नेताहरुको कार्यविभाजनः
केपी ओली ः समग्र पार्टी
ईश्वर पोखरेल ः नीति अनुसन्धान प्रतिष्ठान
युवराज ज्ञवाली ःस्थानीय तह प्रदेश र संघ
अष्टलक्ष्मी शाक्य ः राजनीतिक समन्वय
रामबहादुर थापा बादल ःराष्ट्रिय सुरक्षा
विष्णु पौडेल पार्टी संगठनः अनुगमन
सुवास नेम्वाङः ससदिय अनुगमन
सुरेन्द्र पाण्डेः राजकीय मामिलाको जिम्मेवारी
महासचिव ःसमग्र पार्टी
प्रदीप ज्ञवाली ः स्कुल विभाग
पृथ्वीसुब्बा गुरुङ ः प्रचार विभाग
विष्णु रिमालः आर्थिक लेखा लगायत
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख ः योगेश भट्टराई
कार्यालय सचिव ः भीष्म अधिकारी
संगठन विभाग ःखगराज अधिकारी









