काठमाडौं । नेकपा एमालेले पदाधिकारीहरुको बरियता निर्धारण गरेको छ । तत्कालीन नेकपा एमालेको केन्द्रीय नेतृत्वमा रहेको आधार र तत्कालीन नेकपाको सचिवालय तथा स्थायी कमिटीको बरितयालाई समेत मिलाएर नेताहरुको मर्यादाक्रम तोकिएको हो ।
भक्तपुरमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठकले वरियता निर्धारण गरेको हो । जसअनुसार अध्यक्ष केपी ओलीर बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलपछि उपाध्यक्षहरुमा युवराज ज्ञवाली पहिलो वरियतामा रहनुभएको छ । यस्तै तेस्रोमा रामबहादुर थापा चौथोमा विष्णु पौडेल राखिएको छ । थापा नेकपा सचिवालयमा बिष्णु पौडेल भन्दा माथिल्लो बरियतामा हुनुहुन्थ्यो । त्यस्तै ज्ञवाली र शाक्य एमालेको पहिले नै उपाध्यक्ष हुनुहुन्थ्यो तर नेकपाको सचिवालयमा हुनुहुन्थेन । एमालेले पाँचौ बरियतामा सुवास नेम्वाङ र छैटौमा सुरेन्द्र पाण्डेलाई राखेको छ ।
महासचिव शंकर पोखरेलपछि उपमहासचिवमा प्रदीप ज्ञवाली पहिलो, पृथ्वीसुब्बा गुरुङ दोस्रो र बिष्णु रिमाल तेस्रो वरियतामा रहनुभएको छ । यसैगरी सचिवहरुमा टोपबहादुर रायमाझी पहिलो, लेखराज भट्ट दोस्रो, रघुविर महासेठ तेस्रो, छविलाल विश्वकर्मा चौथो, गोकर्ण विष्ट पाँचौ, योगेश भट्टराई छैटौं र पद्मा अर्याल सातौ मर्यादाक्रममा रहनुभएको छ ।
हेर्नुहोस् पदाधिकारीको वरियताक्रमः
अध्यक्ष : केपी शर्मा ओली
वरिष्ठ उपाध्यक्ष : ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
रामबहादुर थापा
विष्णु पौडेल
सुवास नेम्वाङ
सुरेन्द्र पाण्डे
महासचिव
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
विष्णु रिमाल
सचिव
टोपबहादुर रायमाझी
लेखराज भट्ट
रघुविर महासेठ
छविलाल विश्वकर्मा
गोकर्ण विष्ट
योगेश भट्टराई
पद्मा अर्याल









