मुस्ताङमा हिमपहिरो जाँदा ९ जना घाइते

मुस्ताङ । मुस्ताङको कोबाङ क्षेत्रमा आइतबार बिहान परेको हिमपहिरोबाट ९ जना घाइते भएका छन् ।

धौलागिरी रेन्जबाट माटोसहित खसेको हिमपहिरो बोक्सी खोलामा खस्दा ९ जना घाइते भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

पहिरोले मुस्ताङको लाजेङ र न्याउरीकोट ढाकिएको थियो । स्थानीय प्रशासनले मानववस्ती भएका क्षेत्रमा सचेतता अपनाउन भनेको छ ।

हिमपहिरो खस्दा स्थानीयवासी त्रसित भएका छन् ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको