रौतहटमा कार दूर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु

रौतहट । रौतहटमा गयराति कार दुर्घटना हुँदा चार जना पुरुषको मृत्यु भएको छ ।

यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा राति करिब १० बजेको समयमा भारतीय नम्बरको कार दुर्घटना भएको हो । युके १२ सी २९०० नम्बरको कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको एसपी विनोद घिमिरेले जानकारी दिए ।

कारको सिसा फोडेर चार जना पुरुषलाई बाहिर निकालेर अस्पताल पुर्‍याईएको थियो । अस्पताल पुर्याएलगत्तै डाक्टरहरुले चारै जनाको मृत्यु भएको घोषणा गरेको एसपी घिमिरेले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको