कास्कीको ​​​​​​​घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको मृत्यु

पोखरा । कास्कीको घान्द्रुकमा जीप दुर्घटना हुँदा चालकसहित ८ जनाको घटनास्थलमै मृत्यु भएको छ।

जीपमा सवार ९ जनामध्ये १ जना भने भीरमा अड्किएर बाँच्न सफल भएका छन्।

उनीहरूको प्रहरी र स्थानीयबासीले उद्धार गरिरहेको छ। मृतकको सनाखत गर्ने तयारी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालले बताए।

पोखराबाट घान्द्रुक जान सोमबार दिउँसो २ बजे छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो।

घान्द्रुकको कलाभीरमा पुगेर जीप मोदी खोलामा खसेको स्थानीयबासीले बताएका छन्। जीपमा सवार यात्रु घान्द्रुक घुम्न गएको डिएसपी हमालले बताए।

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको