रुसमा विमान दुर्घटना १६ जनाको मृत्यु

मस्को । रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ ।

यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ ।

दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् । (रासस/सिन्ह्वा)

सम्बन्धित खवर

ताजा समाचार

धेरैले पढेको